
बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरू
काठमाडौं – सत्ता गठबन्धनमा आवद्ध दलहरूको बैठक बालुवाटारमा सुरु भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि सत्तागठबन्धनमा आवद्ध दलका नेतृत्वहरूको यो पहिलो बैठक हो ।
बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्टिय जनमोर्चाकी नेतृ दुर्गा पौडेलसहित कांग्रेस नेताहरू रामचन्द्र पौडेल, पूर्णबहादुर खड्का र कृष्ण सिटौला, एकीकृत समाजवादीका वेदुराम भुसाल, माओवादीका नेताहरू नाराणकाजी श्रेष्ठ, देव गुरुङको उपस्थिति छ ।
आजको बैठकमा मंसिर ४ गते देशभर एकसाथ सम्पन्न भएको आम निर्वाचनको समिक्षा र अहिलेको अवस्थाबारे छलफल गर्ने एक नेताले बताए । मंसिर ४ को निर्वाचनको अन्तिम मतपरिणाम आज सोमबार सर्वजनीक भैरकेको छ । आज दोलखा जिल्लाको अन्तिम मतपरिणाम आएसंगै प्रतिनिधिसभा र प्रदेश सभाको अन्तिम परिणाम सर्वननिक भएको हो ।
प्रतिनिधि र प्रदेश दुवैमा नेपाली कांग्रेस पहिलो स्थानमा छ । प्रतिनिधि ५७ क्षेत्रमा जित निकालेर कांग्रेस पसहलो स्थानमा छ भने नेकपा एमाले ४४ सिट सहित दोस्रो स्थानमा छ । त्यस्तै नेकपा माओवादीले १८ सिट दितदेर तेस्रो भएको छ । त्यसैगरी नेकपा एकीकृत समाजवादी १० र जनता समाजवादी पार्टी ७ सिटमा विजयी भएको छ ।



कागजपत्र |
