नेपाली सेनामा पनि सुरु भयो कोरोनाविरुद्धको खोप, डा. कुँवरले लगाए पहिलो खोप


काठमाडौं – नेपाली सेनाभित्र डाक्टर भुवनराज कुँवरले कोरोनाविरुद्धको पहिलो लगाएका छन् । नेपालमा पहिलोपटक बुधबार बिहानबाट कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको हो ।

बुधबार बिहान खोप कार्यको सुरुवात गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी ३ महिनाभित्र सबै नेपालीलाई निःशुल्क कोरोनाविरुद्धको खोप लगाइने बताएका छन् । कोरोना भाइरसविरूद्धको खोप अभियान शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले अबको तीन महिनामा सबै नेपालीलाई निशुल्क कोरोना भाइरसविरूद्धको खोप लगाइने जानकारी दिएका हुन् ।

वालुवाटारमा आयोजित कोभिड–१९ विरुद्धको खोप अभियान शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिए पनि स्वास्थ्य मापदण्ड पालना गर्ने र सावधानी भने अपनाइरहनुपर्ने बताएका छन् ।

बुधबार बिहान शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा। सागर राजभण्डारीले खोप लगाएर खोप अभियानको सुरुवात गरेका थिए । त्यसपछि सोही अस्पतालका प्रमुख कन्सल्टेन्ट डा। अनुप बास्तोलाले कोरोनाविरुद्धको खोप लगाएका छन् । उनीहरुले कोभिड–१९ विरुद्धको पहिलो खोप लगाएका हुन् । यस अस्पतालमा आज ४०० जनालाई खोप लगाइने जनाइएको छ ।

अग्रपंक्तिमा रहेर काम गरेका चार लाखभन्दा बढी स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइ कर्मचारीलगायतलाई पहिलो चरणमा खोप लगाइँदै छ ।

प्रतिक्रिया