

पैदलयात्रीलाई ठक्कर दिएर फरार जिप चालक पक्राउ

धनगढी – कञ्चनपुरमा पैदलयात्रीलाई ठक्कर दिएर फरार भएका जिप चालक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आइतबार कृष्णपुर नगरपालिका ५ को वडा कार्यालय नजिक यूए ०४१७७९ नम्बरको स्कारपिओले ठक्कर दिँदा कैलालीको गोदावरी नगरपालिका-३ चौकीडाँडाका ३६ वर्षीय लवदेव भट्टको मृत्यु भएको थियो ।
ठक्कर दिने जिप चालक भीमदत्त नगरपालिका-७ का करन चन्दलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान थालेको जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएका भट्टको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको थियो ।

