

तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क खोप लगाउँछौँ : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सबै नेपालीलाई कोरोना भाइरसविरूद्धको खोप लगाइने बताएका छन् । कोरोना भाइरसविरूद्धको खोप अभियान शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले अबको तीन महिनामा सबै नेपालीलाई निशुल्क कोरोना भाइरसविरूद्धको खोप लगाइने जानकारी दिएका हुन् ।
वालुवाटारमा आयोजित कोभिड–१९ विरुद्धको खोप अभियान शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिए पनि स्वास्थ्य मापदण्ड पालना गर्ने र सावधानी भने अपनाइरहनुपर्ने बताएका छन् ।
कोरोनाविरुद्धको लडाईलाई जारी राख्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । उनले खोपको मात्रै भर परेर अन्य कुरामा लापरवाही गर्न नहुने बताए ।

