देशभर ४ जनामा कोरोना पुष्टी, ३८ जना संक्रमणमुक्त


काठमाडौं – देशभर थप ४ जनामा कोरोना पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९४० नमूना परिक्षणमा ४ जनामा कोरोना पुष्टी भएको हो ।

मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ३८ जना संक्रमणमुक्त भएका छन् । अहिलेको अवस्थामा देशभर २६३ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया