

मोरङ १ मा कांग्रेसका डिगबहादुर लिम्बू विजयी

उर्लाबारी – नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बू मोरङको निर्वाचन क्षेत्र नम्बर १ बाट ४३० मतान्तरले प्रतिनिधि सभाको सदस्यमा विजयी भएका छन् ।
लिम्बूले नेकपा एमाले उमेदवार निवर्तमान सांसद घनश्याम खतिवडालाई हराउँदै प्रतिनिधि सभाको सदस्य निर्वाचित भएका हुन् । लिम्बूले २७ हजार २९७ मत प्राप्त गरी विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार खतिवडाले २६ हजार ८६७ मत प्राप्त गरे ।
दोस्रो संविधान सभाको निर्वाचनमा तत्कालीन मोरङ ९ बाट घनश्याम खतिवडालाई हराएर संविधानसभा छिरेका खतिवडा २०७४ को आम निर्वाचनमा लिम्बूलाई हराएर सिंहदरबार छिरे ।
संविधानसभा र प्रतिनिधि सभा गरी तेस्रोपटक आमन्ने सामने भएका लिम्बू र खतिवडा दुबैजना उत्तरी मोरङको लेटाङ निवासी हुन् । मतगणना सुरु भए देखि एमाले उमेदवार खतिवडाले अग्रता कायम राखे पनि अन्तिम दिन आज बिहानदेखि लिम्बू झिनो मतले अघि लागेका थिए । मोरङ १ मा १४ जना उम्मेदवार प्रतिस्पर्धामा थिए ।

