

महोत्तरी-३ बाट महन्थ ठाकुर विजयी

महोत्तरी – प्रतिनिधिसभा अन्तर्गत महोत्तरी-३ बाट लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर निर्वाचित भएका छन् ।
ठाकुरले १६ हजार ३७५ मत ल्याउँदै निकटतम प्रतिद्वन्द्वी जसपा नेपालका हरिनारायण यादवलाई पराजित गरेका हुन् ।
यादवले १४ हजार ३२५ मत मात्र ल्याउन सके । स्वतन्त्र उम्मेदवार राम आधार कापरले १२ हजार ७३३ मत ल्याए ।

