सिरहा-१ मा एमालेका राम शंकर यादव निर्वाचित


सिरहा – सिरहा क्षेत्र नम्बर-१ बाट प्रतिनिधिसभा सदस्‍यमा नेकपा एमालेका उम्‍मेदवार राम शंकर यादव निर्वाचित भएका छन् ।

यादवले कांग्रेसका उम्‍मेदवार पदम नारायण चौधरीलाई २ हजार ८३ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् ।

यादवले २९ हजार ४६२ मत प्राप्त चौधरीले २७ हजार ३७९ मत पाएका छन् । यस्तै जनमत पार्टीका उम्‍मेदवार युगल किश साहले ६ हजार ८४९ मत, स्वतन्त्र उम्मेदवार सरिता गिरीले ५०२ मत पाएका छन् ।

प्रतिक्रिया