डा. तोसिमाले मारिन् बाजी, राजधानीमै राष्ट्रिय स्वतन्त्र पार्टीको पाँचौं जित


ललितपुर — राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की विजयी भएकी छिन् । कार्की ललितपुर क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा ३१ हजार १३६ मत ल्याएर विजयी भएकी हुन् ।

नेकपा एमालेका अमृत भट्टराई र नेकपा माओवादी केन्द्रकी पम्फा भुसाललाई भारी मतले पछि पार्दै तोसिमा विजयी भएकी हुन् ।

बिहीबार बिहान सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार तोसिमाले ३१ हजार १३६ मत पाएकी छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ मत पाए । ऊर्जामन्त्रीसमेत रहेकी माओवादी उपमहासचिव पम्फा भुसालले ८ हजार ७६९ मत मात्र पाइन् ।

तोसिमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट हालसम्म घोषित परिणामअनुसार विजयी हुने पाँचौं उम्मेदवार हुन् । यसअघि काठमाडौं क्षेत्र नं. २, ६, ७ र ८ का उम्मेदवारले जित हात पारेका थिए ।

प्रतिक्रिया