सल्यानमा एकीकृत समाजवादीका प्रकाश ज्वाला निर्वाचित


काठमाडौं। सल्यानबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एकीकृत समाजवादी)का प्रकाश ज्वाला निर्वाचित भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार राजेन्द्रबहादुर शाहलाई १५ हजार ९११ मतले पराजित गर्दै ज्वाला निर्वाचित भएका हुन् ।

ज्वाला ३५ हजार ७०० मतसहित निर्वाचित हुँदा शाहले १५ हजार ९११ मत पाएका छन् ।

एमालेका उमेदवार राजेन्द्रवीर रायले १३ हजार २९ मत पाएका छन् । ज्वालाले ०५६, ०७० र ०७४ मा नेकपा (एमाले)का तर्फबाट उमेदवार भइ प्रतिनिधिसभा सदस्य निर्वाचन जितेका थिए ।
चौथोपटक भने उनी एकीकृत समाजवादीका तर्फबाट निर्वाचित भएका हुन् ।

प्रतिक्रिया