मोरङ-६ मा शेखर कोइरालाको अग्रता, पछ्याउँदै लालबाबु पण्डित


मोरङ – मोरङ क्षेत्र नम्बर ६ प्रतिनिधिसभा सदस्यतर्फ कांग्रेस उम्मेदवार डा. शेखर कोइरालाले अग्रता कायम राखेका छन् ।

कोइराला १४ हजार ६३९ मतका साथ अग्रस्थानमा रहेका छन् । उनलाई एमाले उम्मेदवार लालबाबु पण्डितले पछ्याइरहेका छन् । पण्डित १२ हजार १४४ मतसहित प्रतिस्पर्धामा छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका यादवकुमार प्रधानले २ हजार ८७८ मत पाएका छन् ।राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपाल क्षेत्रीले
२ हजार ८७५ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया