रुपन्देही-३ मा बालकृष्ण खाँणले बढाए मतान्तर


काठमाडौं – रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उमेदवार बालकृष्ण खाँणले अग्रता बढाउँदै लगेका छन् ।

उनले निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार दीपक बोहरालाई १४ सय ७४ मतान्तरले पछाडि पारेका छन् ।

सत गठबन्धनको समर्थन रहेको कांग्रेसका उम्मेदवार खाँणले १३ हजार ३५६ मत पाउँदा राप्रपाका बोहराले ११ हजार ८८२ मत पाएका छन् । उनलाई एमाले र जनता समाजवादी पार्टीको समर्थन छ ।

त्यस्तै रवि लामिछाने नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार जितबहादुर गुप्‍ता तेलीले १७ सय ६४ मत पाएका छन् ।

प्रतिक्रिया