

तनहुँ १ मा रामचन्द्र पौडेलको अग्रता कायमै, एमालेका राना पछ्याउँदै

काठमाडौं – तनहुँ क्षेत्र नम्बर १ मा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १३ हजार ६ सय ३५ मतसहित अग्रता कायम गरिरहेका छन् ।
हालसम्म ३५ हजार १५३ गणना हुँदा एमालेका एकबहादुर राना १० हजार ९८३ मतसहित पौडेललाई पछ्याइरहेका छन् । एमालेका राना कांग्रेसका पौडेलभन्दा दुई हजार ६ सय ५२ मतान्तरले पछि परेका छन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ३ हजार १२६ मत पाएका छन् ।

