

गठबन्धनका बुडाक्षेत्रीसँग १६४ मतले पछि परे योगेश भट्टराई

काठमाडाैं – नेकपा एमालेका सचिव योगेश भट्टराई शुरुवाती गणनामै पछि परेका छन् ।
ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका भट्टराई १६४ मतले पछि परेका हुन् ।
सत्तारूढ गठबन्धनका उम्मेदवार एवं माओवादी केन्द्रका नेता खेलप्रसाद बुडाक्षेत्रीले ६२६ मत ल्याएका छन् ।
एमालेका नेता भट्टराईले भने ५६२ मत मात्रै पाएका छन् । २०७४ को चुनावमा भट्टराईले ताप्लेजुङबाट चुनाव जितेका थिए ।

