धनकुटामा शङ्कास्पद वस्तु फेला


काठमाडौँ – धनकुटा नगरपालिका ९ बेलाहारामा शङ्कास्पद वस्तु फेला परेको छ ।

बेलाहारामा रहेका प्रहरी चौकी भन्दा झण्डै डेढ किलोमिटर उत्तरमा शङ्कास्पद वस्तु फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी लक्ष्मीराज अधिकारीले शङ्कास्पद वस्तु फेला परेको स्थानमा नेपाली सेनाको डिस्पोजल टोली परिचालन भइसकेको जानकारी दिए ।

शङ्कास्पद वस्तु बम नै हो या तर्साउन राखिएको वस्तु मात्रै हो भन्ने यकिन नभएको उनले बताए ।

प्रतिक्रिया