कांग्रेसले खोल्यो मनाङबाट जितको ढोका


काठमाडौं – मनाङबाट नेपाली कांग्रेसका उमेदवार योगेश गौचन थकाली विजयी भएका छन् ।

७ हजार २३० मत खसेको मुस्ताङमा गौचन ९१४ मतान्तरले विजयी भएका हुन् । उनले नेकपा एमालेका निवर्तमान सांसद प्रेम  तुलाचनलाइ पराजित गरेका हुन् ।

गौचन ३ हजार ९९२ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका निवर्तमान सांसद प्रेम तुलाचन ३ हजार ७८ मतमा रोकिएका छन् ।

गाैचन कांग्रेस नेता रोमी गाैचन थकालीका छोरा हुन् । मुस्ताङमा १० हजार ९५७ जना मतदाता रहेकोमा ७ हजार २३० मत खसेको थियो ।

प्रतिक्रिया