
कतार र इक्वेडरबीचको खेल सुरु, विश्वकपको पहिलो गोल इक्वेडर
काठमाडौं – कतार विश्वकप सुरु भएको छ । उद्घाटनको भव्य समारोह सकिएसँगै अहिले आयोजक कतार र इक्वेडरबीचको खेल सुरु भएको छ ।
नेपाली समयअनुसार खेल पौने १० बजे सुरु भएको हो ।
इक्वेडरले गर्यो कतार विश्वकपको पहिलो गोल
कतार विश्वकप २०२२ मा पहिलो गोल इक्वेडरका ई भ्यालेन्सियाले गरेका छन् ।
खेलको १६ औं मिनेटमा आयोजक राष्ट्र कतारविद्ध पेनाल्टीमार्फत गोल गरेका हुन् । कतारका किपर एस. अलसाईले फल्ट गरेपछि रेफ्रिले पेनाल्टी दिएका थिए ।
यसअघि खेलको तीन मिनेटमै इक्वेडरले गोल गरेपनि रेफ्रिले अफसाइड दिएका थिए । कतारका किपरले हातले तानेपछि एल्लो कार्ड पनि पाएका थिए ।



कागजपत्र |
