कतारमा विश्वकप फुटबलकाे भव्य उद्घाटन


दोहा – विश्व फुटबलको कुम्भमेला फिफा विश्वकप कतार २०२२ को भव्य उद्घाटन भएको छ । कतारको अलखोरमा अवस्थित अल बायत स्टेडियममा आइतबार साझ एक विशेष समारोहकाबीच कतार विश्वकप औपचारिक उद्घाटन भएको हो ।

कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आइतवार साँझ अल बायत स्टेडियममा फिफा विश्वकप कतार २०२२ को उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा फिफा अध्यक्ष जियानी ईन्फान्टिनो, कतार फुटबलका अध्यक्ष शेख हमाद बिन खलिफा बिन अहमद अल थानी, विभिन्न राष्ट्रका फुटबल अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।

उद्घाटन समारोहमा अमेरिकी कलाकार मोर्गन फ्रीम्यान, कोरियाली ब्यान्ड बीटीएस लगायतका स्थानीय कलाकारले प्रस्तुति दिएका थिए ।प्रतियोगिताको उद्घाटन खेलमा आयोजक कतारले इक्वेडरसँग कतारको समयअनुसार साँझ ७ बजे प्रतिस्पर्धा गर्दैछ ।

समूह ए मा रहेका कतार र इक्वेडर बीचको खेल आज राती नेपाली समय अनुसार राति पौने १० बजे अल बायत स्टेडियममा हुँदैछ । ​मध्येपूर्वको अरब राष्ट्रमा पहिलो पटक आयोजना भएको कतार विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतिक्रिया