

बुबालाई दाउरा प्रहार गरी हत्या गरेको आरोपमा छोरा पक्राउ

बारा – आफ्नै बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् ।
५० वर्षीय शुकर पासवानको हत्या गरेको अभियोगमा विश्रामपुर गाउँपालिका-५ इटयाहीका २० वर्षीय प्रदेशिक पासवानलाई प्रहरीले पक्राउ गरेको हो ।
घरायसी वादविवादमा प्रदेशिकले आफ्नै बुबालाई दाउरा प्रहार गर्दा गम्भीर घाइते भएका थिए । उनको एनएमसी अस्पताल वीरगञ्जमा उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको थियो ।
प्रहरी चौकी मुसहर्वाबाट खटिएको प्रहरीले प्रदेशिकलाई पक्राउ गरे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

