


रामकृष्ण ढकालको स्वरमा ‘चाहदिनँ हाँस्न म’ सार्वजनिक

काठमाडौं – गायक रामकृष्ण ढकाल र गायिका रानी शाक्यको स्वर रहेको गीत ‘चाहदिनँ हाँस्न म ’ सार्वजनिक गरिएको छ । गीतमा निशा शर्मा अर्यालको शब्द र अर्जुन पोखरेलको संगीत छ ।
जातका कारण प्रेममा आउने अवरोधको भावलाई व्यक्त गरेको गीतको भिडियोमा वरिष्ठ कलाकार रामचन्द्र अधिकारी, सुरविर पण्डित, कमल सिंह र परि शाक्यको अभिनय छ ।
भिडियोको निर्देशन रायन कार्कीले गरेका हुन् । भिडियोमा बुद्ध थापाको छायांकन, विष्णु खड्काको सम्पादन छ ।

