कोरोनाले स्वास्थ्य मन्त्रालयकै कम्प्युटर अधिकृतको मृत्यु


काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट स्वाथ्य तथा जनसंख्या मन्त्रालयका कम्प्युटर अधिकृतको निधन भएको छ। ललितपुरको गोदावरी निवासी ५१ बर्षीय कम्प्युटर अधिकृत कृष्ण गोपाल श्रेष्ठको उपचारका क्रममा निधन भएको मन्त्रालयले जनाएको छ।

वीर अस्पतालमा उपचाररत श्रेष्ठको सोमबार दिउँसो मृत्यु भएको मन्त्रालयले विज्ञप्ति मार्फत जानकारी दिएको छ । सोही विज्ञप्ती मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले श्रेष्ठको निधनप्रति समवेदना प्रकट गरेको छ ।

प्रतिक्रिया