
अख्तियारद्वारा ११४ मुद्दा सर्वोच्चमा पुनरावेदनका लागि दायर
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११४ मुद्दा सर्वोच्च अदालतमा पुनरावेदनका लागि दायर गरेको छ । आयोगबाट विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर चित्त नबुझेको भन्दै आयोगले मंगलबार सर्वोच्च अदालतमा पुनरावेदनका लागि मुद्दा दायर गरेको हो ।
विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएका १०४ घुस वा रिसवतका, राजस्व चुहावटको एक , गलत प्रतिवेदन तथा झुट्टा बिल भरपाइका चार, गैरकानुनी सम्पत्ती आर्जननको एक, सार्वजनिक सम्पत्ति हानिनोक्सानीको एक र गैरकानुनी तीन, लाभ तथा हानीका मुद्दासहिनत ११४ मुद्दा आयोगको निर्णयानुसार सर्वोच्चमा पुनरावेदनका लागि दायर गरिएको हो ।
आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार विभिन्न आधार देखाई विशेष अदालतले आयोगको माग बमोजिम फैसला नगरेको भन्दै आयोगले फैसला पुनरावेदन गरेको हो ।
भण्डारीका अनुसार, आर्थिक वर्ष ०७८/७९ मा विशेष अदालतबाट फैसला भएका भ्रष्ट्राचारका मुद्दामा जम्मा ३५.५१ प्रतिशत मुद्दामा कसुर कायम भएको छ । गएको दुई दशकमै कसुर कायम भएको दर हेर्दा यस आर्थिक वर्षमा सबैभन्दा कम प्रतिशतले कसुर स्थापित भएको उनले बताए ।



कागजपत्र |
