
आफ्नो क्याबिनेटका सिनेटको घरमा ‘महाराज’को भोज, हिमानी गइनन्
काठमाडौं– सुदूरपूर्वको बसाईका क्रममा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले त्यसबेला आफ्नो क्याबिनेटमा सहायकमन्त्री बनाएका सिनेट श्रेष्ठको घरमा भोज खाएका छन्।
शुक्रबारको डिनर पार्टीका लागि उनी सुनसरीको इनरुवामा रहेको श्रेष्ठको घरमा पुगेका थिए। झन्डै ७ घन्टा बसेका उनी पूर्वरानी कोमल शाहसहित पुगेका थिए।
आफैं सवारी चलाएर पुगेका पूर्वराजाले आफ्ना समर्थकसँग भलाकुसारी गरेका थिए। पूर्वराजाको भोजका लागि श्रेष्ठले टेन्ट कै व्यवस्था गरेका थिए। पूर्वराजा र रानी सहभागी भए पनि पूर्वयुवराज्ञी हिमानी शाह भने त्यहाँ देखिएकी थिइनन्।
‘उहाँ ७ घन्टा बस्नुभयो, पूर्वसहायक मन्त्रीज्युसँग लामो समय कुराकानी गरी आफ्ना शुभेच्छुकसँग पनि बातचित गर्नुभयो’, एक सहभागीले भने,‘राजनीतिक परिस्थितिका विषयमा पनि साधारण छलफल भयो।’
श्रेष्ठलाई पूर्वराजा ज्ञानेन्द्र माघ १९ को कदम चालेपछि सहायक मन्त्री बनाएका थिए। पूर्वराजा झन्डै एक महिनादेखि तराईमा छन्। झापाको दमकस्थित हिमालय टि स्टेटमा उनी बसेका छन्।



कागजपत्र |
