थापाथलीमा पनि चल्यो महानगरको डोजर


काठमाडौं – काठमाडौं महानगरपालिकाले थापाथली वाग्मती किनारमा रहेका अनधिकृत संरचनामा डोजर लगाएको छ । शुक्रबार थापाथलीमा रहेको रुद्रेश्वर महादेव भजन मण्डल, साइवावा भवन र क्रियापुत्री भवनमा महानगरले डोजर लगाएको हो ।

यसअघि वाग्मती सभ्यताले अनधिकृत संरचना भत्काउन खोजेको थियो । तर, असफल भएपछि महानगरलाई अनधिकृत संरचनामा भत्काइदिन आग्रह गरेको थियो ।

वाग्मती किनारमा रहेका अनधिकृत संरचनालाई निरन्तर हटाउने महानगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए ।

महानगरले अनधिकृत संरचना हटाउने अभियान नै चलाएर विभिन्न स्थानमा डोजर लगाइरहेको छ ।

प्रतिक्रिया