इन्जाद्वारा पत्रकार पौडेललाई सहयोग हस्तान्तरण


काठमाडौ – नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय संन्जाल (इन्जा)ले उपचारत पत्रकार माधव पौडेललाई आर्थिक सहयोग उपलब्ध गराएको छ ।

पौडेल लामो समयदेखि मेरुदण्डको समस्याका कारण उपचारत छन् ।  नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य समेत रहेका पौडेललाई इन्जा एसियाका अध्यक्ष टंक पन्त र इन्जा ग्लोवलका सचिव दीपक रिजालले संस्थाको तर्फबाट तत्कालका लागि  ५० हजार रुपिया हस्तान्तण गरेका छन् ।

शुक्रबार कपनस्थित पौडेलकै निवासमा पुगेर आर्थिक सहयोग उपलब्ध गराईको इन्जा एसियाका अध्यक्ष पन्तले जानकारी दिए । बिभिन्न कारणले आर्थिक समस्यामा परेका नेपालका संन्चारकर्मीहरुलाई संस्थाले आर्थिक सहयोग गर्दै आएको इन्जाका ग्लोवल अध्यक्ष गुणराज  लुइटेलले बताएका छन् ।

प्रतिक्रिया