चन्द्रागिरिमा पहिरोल पुरिदा एकै परिवारका ३ जनाको निधन


काठमाडौं – काठमाडौंको चन्द्रागिरिमा पहिरोले पुरिएर तीन जनाको निधन भएको छ ।

नगरपालिकाको वडा नम्बर-२ देउराली नजिक मसिने जाने बाटोमा रहेको रेक्की ध्यान केन्द्रमा माथिबाट आएको पहिरोले पुर्दा ३ जनाको निधन भएको चन्द्रागिरि २ का वडा अध्यक्ष भाइकृष्ण तामाङले जानकारी दिए ।

अविरल वर्षापछि मध्यरातमा आएको पहिरोले ध्यानकेन्द्र पुरिएको र बिहान सम्म खोजी कार्य भइरहेको वडा अध्यक्ष तामाङले बताए ।

वडा अध्यक्ष तामाङका अनुसार पहिरोले पुरेर निधन हुनेमा ५२ वर्षका राजु श्रेष्ठ र उनको श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र वर्ष ढेड वर्षकी उनकी छोरी सारथि श्रेष्ठ रहेका छन् । खोजी कार्य अझै जारी रहेको तामाङले जानकारी दिए ।

प्रतिक्रिया