समानुपातिकको सूची सच्याउँदै निर्वाचन आयोग


काठमाडौं – निर्वाचन आयोगले शुक्रबारदेखि आउँदो मंसिर ४ गतेका लागि तय भएको प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि दलहरूले बुझाएको समानुपातिक सूचीलाई सच्याउने भएको छ।

समानुपातिकको सूची बुझाएका ४८ वटै राजनीतिक दलको सूची नमिलेपछि आयोगले सबै दललाई सूची सच्याउनका लागि पत्राचार गरि सच्याउने भएको हो ।

जसका लागि आयोगले दलहरूलाई यसअघि नै पत्राचार गरिसकेको छ।

आयोगले सूची सच्याउने पहिलो दिन नेपाली कांग्रेसलगायतका दलहरूलाई समय दिएको छ।

जसअनुसार दलहरूलाई सूची सच्याउन १६ गतेसम्मको समय दिएको छ। कसैको क्लस्टर नमिलेको, कसैको नाम नमिलेको पाइएपछि आयोगले सच्याउनका लागि पत्राचार गरेको थियो।

प्रतिनिधि सभाको समानुपातिकतर्फ ४८ दलले बन्दसूची पेस गरेका थिए। आयोगका अनुसार ४८ वटै दलको सूची मिलेको छैन।

बन्दसूची २२ असोजमा सार्वजनिक गर्ने आयोगको तयारी छ ।

प्रतिक्रिया