

रवीन्द्र मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष, पाँँचौँ वरीयता

लामो समयको छलफलपछि मिश्र राप्रपामा प्रवेश गर्न लागेका हुन् । साझा र विवेकशील साझाको अध्यक्षको जिम्मेवारी सम्हालिसकेका मिश्र राप्रपाको भने वरिष्ठ उपाध्यक्ष हुने भएका छन् ।
मिश्रसहितको उनको टिम नै राप्रपामा प्रवेश गर्न लागेको हो । वरिष्ठ उपाध्यक्ष पद लिएर राप्रपा प्रवेश गर्न लागेका मिश्र राप्रपामा पाँचौँ वरीयतामा रहने राप्रपा स्रोतले जानकारी दिएको छ । ‘वरिष्ठ उपाध्यक्ष पदमा मिश्र राप्रपा प्रवेश गर्न लागेका हुन्,’ स्रोतले भन्यो, ‘उनी राप्रपामा पाँचौँ वरीयतामा रहनेछन् ।’

