

डेनमार्कसँग हार्यो फ्रान्स

काठमाडौँ- यूईएफए नेसन्स लिगअन्तर्गत आइतबार राति भएको खेलमा फ्रान्स डेनमार्कसँग २–० गोल अन्तरले पराजित भएको छ।
आइतबार भएको खेलमा डेनमार्कलाई जित दिलाउने क्रममा खेलको ३३ औं मिनेटमा कास्पर डोलबर्ग र खेलको ३९ औं मिनेटमा आन्द्रेस स्कोभ ओल्सेनले १/१ गोल गरेका थिए।
खेलको दुवै गोल पहिलो हाफमा भएको थियो। यससँगै समूह एमा रहेको फ्रान्सले ६ खेलबाट ५ अंक मात्रै भएको छ। फ्रान्सले अहिलेसम्म एक खेलमा मात्र जित हात पारेको छ। त्यस्तै डेनमार्कले भने ६ खेलबाट १२ अंक हात पारेको छ।

