
शताब्दी पुरुष सत्यमोहन जोशीलाई डेंगु संक्रमण, अस्पतालमै राखेर उपचार जारी
काठमाडौं – शताब्दी पुरुष सत्यमोहन जोशीलाई डेंगु संक्रमण भएको छ। विगत केही दिनदेखि निरन्तर कमजोर महसुस हुने, खानामा अरूचि हुने जस्ता समस्या भएकाले शताब्दी पुरुष जोशी शुक्रबार किस्ट अस्पतालमा भर्ना भएका हुन्।
शताब्दी पुरुष जोशीका सहयोगी तेजकुमार महर्जनका अनुसार जोशीलाई अहिले डेंगु देखिएको हो। उनलाई पिसाब संक्रमण, छाती तथा मुटुको समस्या पहिलेदेखि नै छ ।
शताब्दी पुरुष जोशीको स्वास्थ्य अवस्था सामान्य नै छ र थप केही दिन अस्पतालमै राखेर उपचार गर्ने उनले बताए ।
अस्पताल जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जोशीलाई अस्पतालको आकस्मिक कक्षमा ल्याएको थियो।जोशीलाई विभिन्न विभाग (मेडिसिन, पल्मोनोलोजी, युरोलोजी, कार्डियोलोजी, नेफ्रोलोजी) का चिकित्सकले संयुक्त जाँच गरेको अस्पतालले जनाएको छ ।’
अस्पतालका अनुसार उहाँलाई हाल डिलक्स क्याबिनमा सूक्ष्म निगरानीमा राखिएको छ।उहाँको अवस्था चिन्ताजनक देखिए पनि डराइहाल्नुपर्ने स्थिति नरहेको पल्मोनोलोजिस्ट तथा इन्टरनल मेडिसिनका विभागीय प्रमुख प्राध्यापक डा. मिलेस जंगसिजापतीले बताए।



कागजपत्र |
