‘खरानी’ उर्फ राजकुमारको जुवाधन्दा, स्थान परिवर्तन गर्दै जुवा खेलाउँदै !


काठमाडौं – प्रहरीले जुवाविरुद्ध कडाई गरे पनि राजधानीका विभिन्न स्थानहरुमा जुवा खेलाउने क्रम रोकिएको छैन ।

चाडबाडको बेलामा राजधानीमा जुवा खेल्ने खेलाउने क्रम बढ्ने गरेको समाचार आइरहे पनि पेशेवर जुवा खेलाउनेहरुले वर्षैभरी जुवा खेलाउने गरेको जनाइन्छ ।

जुवातासविरुद्ध अभियान नै सञ्चालन गरेको नेपाल प्रहरीलाई गुमराहमा पार्दै जुवा सञ्चालन गर्नेहरुले स्थान परिवर्तन गर्दै जुवा खेलाउने गरेका छन् ।

यसैबीच पछिल्लो समयमा राजधानीमा ‘खरानी’ नामले कुख्याती कमाएका जुवा खेलाउने राजकुमार अधिकारीको समूहले बाहै्र महिना राजधानीका विभिन्न ठाउँमा जुवा खेलाउँदै आएको पाइएको छ ।

यो समूहले विशेष गरी बालाजु र महाराजगञ्ज क्षेत्रमा जुवा खेलाउँदै आएका छन् । यो समूहले प्रहरी वृत्तका घुमुवा प्रहरीलाई आर्थिक प्रभावमा पारेर जुवा खेलाउँदै आएका छन् । पटकपटक पक्राउ परिसकेका खरानी उर्फ राजकुमारले सेटिङमै जुवा खेलाएर धेरै जनाको घर–बास उठीबास लगाइसकेका छन् ।

नेपाल प्रहरीले बेलाबखतमा जुवाविरुद्ध अभियान नै सञ्चालन गरेर राजधानीबाट कैयौं जुवाडेहरुलाई पक्राउ गरे पनि जुवालाई नै पेशा बनाएकाहरुले अनेक हत्कण्डा अपनाउँदै नयाँ–नयाँ शैलीबाट जुवा खेलाउँदै गरेका छन् । जसले गर्दा जुवाको नशा लागेका कतिपयले घरबास समेत गुमाइसकेको सुनिँदै आएको छ ।

प्रतिक्रिया