बल्ल सकियो बन्दसूची बुझाउने काम, ४८ दलबाट हुनेछन् ११० समानुपातिक सांसद


काठमाडौं- निर्वाचन आयोगमा बिहानपखमात्रै दलहरुले बन्दसूची बुझाएका छन् ।

निर्वाचन आयोगका एक अधिकारीले दिएको जानकारीअनुसार लाइनमा बसेका राजनीतिक दलका कार्यकर्ताले बिहानपखमात्रै सबै विवरण बुझाएका छन्।

निर्वाचन आयोगका अनुसार ६८ दलले समानुपातिक सूची बुझाउन निवेदन दिएका थिए। भाग लिन भनेर ६८ दलले निवेदन दिए पनि ४८ दलले मात्रै विवरण बुझाएका छन्।

‘अब यी ४८ दलबाटै ११० जना समानुपातिकतर्फका सांसद हुनेछन्,’ आयोगका एक अधिकारीले भने ।

प्रतिक्रिया