संघमा १६ र प्रदेशमा ६० दलले बुझाए बन्द सूची


काठमाडौँ- निर्वाचन आयोगमा सोमबार साँझसम्म प्रतिनिधिसभाका लागि १६ वटा दलले बन्दसूची बुझाएका छन्। ठूला राजनीतिक दलले रातिसम्म बन्दसूची बुझाएका हुन। निर्वाचन आयोगले दिएको जानकारी अनुसार साँझ साढे ९ बजेसम्म संघमा ११ दलले बन्दसूची पेश भएको छ।

आयोगले दिएको पछिल्लो जानकारी अनुसार प्रतिनिधिसभाको बन्दसूची दर्ता गराइसकेका दलहरुमा नेपाल समावेशी पार्टी, तराई मधेस लोकतान्कि पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, राष्ट्रिय वाम मोर्चा, बहुजन एकता पार्टी, राष्ट्रिय नागरिक पार्टी, मंगोल नेशनल अर्गनाइजेसन, मितेरी पार्टी, जनमत पार्टी, नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी लगायत छन्।

प्रदेशतर्फ प्रदेश १ मा ११ वटा पार्टीले बन्दसूची दर्ता गराएका छन् भने मधेसमा मधेसमा ९, वागमतीमा ११ र गण्डकीमा ७ वटा दलले समानुपातिकतर्फको बन्दसूची बुझाएका छन्। त्यस्तै लुम्बिनीमा ६, कर्णालीमा ६ र सुदुरपश्चिम प्रदेशसभाका लागि १० वटा दलले बन्दसूची बुझाएका छन्।

 

प्रतिक्रिया