

‘ओलीले कम्युनिस्टको नामै बर्बाद बनाए’

सुर्खेत – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधव नेपालले केपी ओलीले कम्युनिस्टको नाम बर्बाद बनाएको आरोप लगाएका छन्। सुर्खेतमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्।
‘कम्युनिस्ट पार्टी बर्बाद भयो, कोरोनाले देश बर्बाद छ। विदेशमा नेपाली समस्यामा छन् भनेर पार्टीमा छलफल गरौं, मन्त्रीले राम्रो काम गरौंभन्दा केपीले मानेनन्,’ नेपालले भने, ‘उनी छाडा भएर चले, गल्ती भए पनि सही नभए पनि उनले भनेको मान्नैपर्ने हामी दास भयौं।’
उनले थपे, ‘त्यसैले जनसमुदायहरू केपी ओलीले भनेका नमान्नुस्। साथीहरु केन्द्रीय कमिटीको लोभमा नजानुस्। अहिले केपी ओलीले ४४० लाई ५५६ बनाइदिए।’ केपी ओलीको गुट सडकछाप मात्र नभई सडकको धुलो पार्टी भएको नेता नेपालले टिप्पणी गरे।
गुलियो ओलीमा भुलेर गएका भन्दै साथीहरुलाई सबैलाई फर्कन उनले नेता तथा कार्कर्तालाई आग्रह गरे। केपी ओलीविरुद्ध जनमोर्चा उर्लिएको भन्दै सबै उता गएका साथीहरुलाई उनले फर्कन आह्वान गरे।

