नेपालमा कोरोनाबाट थप ४ जनाको मृत्यु, ३३६ जनामा संक्रमण


coronavirus-2019-ncov-virus-background-with-disease-cells-red-blood-cell-covid-19-corona-virus-outbreaking-pandemic-medical-health-risk-concept_139523-184

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप चार जनाकाे मृत्यु भएकाे छ । साेही अवधिमा थप ३३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ६४६ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले बताएका छन्।

त्यस्तै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ९७९ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या २२६ रहेको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ६२ हजार ८६८ पुगेको छ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार ७९९ रहेको छ । अहिलेसम्म नेपालमा २० लाख ३१ हजार ७५६ वटा पीसीआर नमूना परीक्षण भएका छन् । नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या १७२ रहेको छ ।

प्रतिक्रिया