

बालुटावारमा गठबन्धनको बैठक जारी

बैठकमा आसन्न निर्वाचनका लागि सिट बाँडफाँट गर्ने विषयमा छलफल भइरहेको छ । आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सिट बाँडफाँट गरेर गठबन्धन जान लागेको हो ।
आइतबार सिट बाँडफाँटका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदनबारे छलफल भएको एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले जानकारी दिएका थिए ।
जारी बैठक सिट बाँँडफाँटमा केन्द्रित रहेको छ । कार्यदलले दिएको सुझावका आधारमा शीर्षनेताले सिट बाँँडफाँट गर्ने भएका हुन् ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिक तर्फको उम्मेदवारको बन्द सूची २ र ३ असोज र प्रत्यक्षतर्फको मनोनयन दर्ता २३ असोजमा रहेको निर्वाचन आयोगले जनाएको छ ।

