दार्चुलाको बंगाबगडमा बाढी, डेढ दर्जन घर बगे


दार्चुला- गएरातिदेखिको अविरल वर्षाका कारण दार्चुला सदरमुकाम खलंगाको बंगाबगड क्षेत्रमा ठूलो क्षति भएको छ।
स्थानीयहरूका अनुसार करिब डेढ दर्जन घरहरू बगेका छन्। लास्कु खोलाको बीचमा फसेका एक जना व्यक्तिको सुरक्षाकर्मीले उद्दार गरेका छन्।

बाढीले केही घर र पुल बगाएको खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। घटनास्थलमा उद्दार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिए।

 

 

प्रतिक्रिया