चुनावी तालमेलका लागि रविको स्वतन्त्र पार्टीले बनायो वार्ता समिति


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले आसन्न निर्वाचनमा विभिन्न दल तथा उम्मेदवारसँग तालमेलका लागि वार्ता समिति गठन गरेको छ ।

सहमहामन्त्री कविन्द्र बलाकोटी संयोजक रहेको उक्त समितिमा केन्द्रीय सदस्यहरू गणेश पराजुली, डा. अरनिको कुमार पाँडे, सुमना श्रेष्ठ र गणेश कार्की सदस्य छन् ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता डा. मुकुल ढकालले एक विज्ञप्ति जारी गर्दै अधिकार सम्पन्न उच्चस्तरीय वार्ता समितिले विभिन्न दल तथा उम्मेदवार बन्न योग्य व्यक्तिसँग आवश्यक संवाद, चुनावी तालमेल, कार्यगत एकता गर्ने बताएका छन् ।

प्रतिक्रिया