
सन्दीपविरुद्ध बलात्कारको उजुरी परेपछि क्यानको आकस्मिक बैठक
काठमाडौं — कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा उजुरी परेसँगै नेपाल क्रिकेट संघ (क्यान) ले आकस्मिक बैठक बोलाएको छ।
राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीपका विषयमा समाचारहरु बाहिरिएपछि आजै बैठक बसेर यसबारे निर्णय लिने तयारीमा रहेको क्यानले जनाएको छ।
सन्दीपविरुद्ध १७ वर्षीय नाबालिगले बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी दिएकी छिन् ।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले घटनाका सम्बन्धमा अनुसन्धान अघि बढाएको छ।
आरोप प्रमाणित नभएसम्म उनलाई दोषी ठहर गर्न नमिल्ने भए पनि नेपाल क्रिकेट संघ (क्यान) ले उनको कप्तानी तत्काललाई ‘निलम्बन’ मा राख्ने निर्णय लिने सम्भावना रहेको छ ।
क्यानले गत वर्षको मंसिरमा सन्दीपलाई राष्ट्रिय टिमको कप्तान नियुक्त गरेको थियो । आरोप प्रमाणित भएमा सन्दीपलाई १२ वर्षसम्म जेल सजाय हुन्छ भने सन्दीप नेपाल आउँदा विमानस्थलबाटै पक्राउ पर्ने पनि जनाइएको छ ।



कागजपत्र |
