सर्वोच्च अदालतको न्यायाधीशमा तीनजनाको नाम सिफारिस


काठमाडौं- न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा तीन जनाको नाम सिफारिस गरेको छ। मंगलबार बसेको न्यायपरिषद्को‍ बैठकले नीता गौतम दीक्षित, विनोद शर्मा र डीएन पराजुलीको नाम सिफारिस गरेको हो।

गौतम उच्च अदालत तुल्सीपुरकी मुख्य न्यायाधीश हुन्। शर्मा उच्च अदालत जनकपुरका न्यायाधीश हुन्। पराजुली नेपाल ल क्याम्पसका प्रमुख हुन्। न्यायपरिषद्‍ले गरेको सिफारिस संसदीय सुनुवाइले अनुमोदन गरेपछि राष्ट्रपतिबाट न्यायाधीश नियुक्त हुने प्रावधान छ ।

 

प्रतिक्रिया