इरान रुससँग एसयु-३५ लडाकु विमान किन्न इच्छुक : इरानी कमाण्डर


काठमाडाैं – रुसबाट एसयु-३५ लडाकु विमान खरिद गर्ने कार्य इरानी वायुसेनाको एजेन्डामा रहेको इरानी वायुसेनाका कमाण्डर हमिद वाहेदीले आइतबार बताएका छन्।

एसयू-३५ लडाकु विमान खरिद गर्ने अन्तिम निर्णय इरानी सेनाको कमाण्ड र सशस्त्र बलका जनरल स्टाफ कमाण्डले गर्ने वाहेदीले इरानको बोर्ना समाचार एजेन्सीलाई दिएको अन्तर्वार्तामा बताएका छन् ।

गत महिना पश्चिमी सञ्चार माद्यमले इरानले आफ्नो मानवरहित हवाइ वाहनहरू रूसी एसयु-३५ बहुउद्देश्यीय लडाकु विमानहरूसँग साटासाट गर्न खोजिरहेको बताएका थिए ।

प्रतिक्रिया