
नेपाली दूतावासमा भारतीय मन्त्रीले भनिन् : भारतले कसैको जमिन कब्जा गरेको छैन
काठमाडौँ- भारतीय विदेश राज्यमन्त्री मीनाक्षी लेखीले भारतले अहिलेसम्म कसैको पनि जमिन कब्जा नगरेको दाबी गर्दै आफ्नो जमिन पनि कब्जा गर्न नदिने बताएकी छन्। नयाँदिल्लीस्थित नेपाली दूतावासले बुधबार आयोजना गरेको तीज विशेष कार्यक्रममा प्रमुख अतिथि रहेकी लेखीले त्यस्तो बताएकी हुन्।
तर उनले नेपाल, चीन वा पाकिस्तान कुन मुलुकसँगको सीमा समस्याबारे बताउन खोजेकी हुन्, स्पष्ट पारिनन्। यी तिनै मुलुकसँग भारतको लामो समयदेखि सीमा विवाद छ। तर नेपाली दूतावास पुगेर उनले त्यसो भन्नुले नेपालसँगकै सीमाबारे भनेको अनुमान गर्न सकिन्छ।
नेपालको कालापानी क्षेत्रमा दशकौंदेखि भारतीय सेना बसेका छन्। सीमा समस्या वार्ताका माध्यमबाट हल गर्न नेपालले ताकेता गरिरहेको भए पनि भारतले त्यसको सुनुवाइ गरिरहेको छैन। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार नेपालले २ वर्षमा चारपटक सीमा वार्ताका लागि भारतलाई पत्र लेखिसकेको छ तर अहिलेसम्म जवाफ प्राप्त भएको छैन।



कागजपत्र |
