

सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै

काठमाडौं- आसन्न निर्वाचनका लागि सत्ता गठबन्धनभित्र सिट बाँडफाँटको टुंगो लगाउन गठित कार्यदलको बैठक आज पनि बस्दै छ। बैठक अपराह्न ४ बजे बस्ने कार्यदल सदस्य एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्नेछ।
गएको शुक्रबार बसेको कार्यदलको बैठकमा प्रतिनिधिसभासँगै प्रदेशसभातर्फ पनि गठबन्धन दलहरूबीच सिट बाँडफाँटका विषयमा छलफल भएको थियो। दलहरूले आ–आफ्नै दाबी प्रस्तुत गरेको सञ्चारमन्त्री कार्कीले जानकारी दिएका थिए। सोही बैठकबाट आजका लागि बैठक निर्धारण गरिएको हो।
सबै विषयमा छलफल गरी कार्यदलले छिट्टै शीर्ष तहलाई प्रतिवेदन बुझाउने उनले बताएका छन्। निर्वाचनको साझा अवधारणा पनि कार्यदलले नै बनाउने उनको भनाइ छ।

