

एमालेका पार्टी सदस्यले लक्ष्य पुर्याउन नयाँ २ मत थप्नुपर्ने

काठमाडौं – नेकपा एमालेले आसन्न प्रतिनिधि तथा प्रदेशसभा चुनावमा पार्टी सदस्यलाई नयाँ २ मत थप्ने जिम्मेवारी दिने भएको छ ।
शनिबार सम्पन्न केन्द्रीय कमिटी बैठकले बहुमत प्राप्त गर्ने रणनीतिमा पार्टी सदस्यलाई २ मत थप्ने र ५ मत संरक्षण गर्ने जिम्मेवारी दिने निर्णय गरेको हो ।
‘पार्टीलाई बहुमतमा पुर्याउने आवश्यक पर्ने ६ प्रतिशत मत पुर्याउनका लागि प्रत्येक पार्टी सदस्यले २ नयाँ मत थप्ने र ५ मत संरक्षण गर्ने नीति आमरुपमा अघि बढाउने निर्णय गरेको छ,’ प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले भने ।
एमालेले ८ लाख पार्टी सदस्य रहेको दाबी गर्दै आएको छ ।

