
खुलामञ्चमा यस्तो देखियो रवि नेतृत्वमा स्वतन्त्र पार्टीको पहिलो भेला (फोटो फिचर)
काठमाडौं — रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंको खुला मञ्चमा शनिवार पहिलो राष्ट्रिय भेला आयोजना गरेको छ ।
भेलामा देशभरबाट आएका रास्वपाका प्रतिनिधि, शुभचिन्तक सहभागी छन् ।
लामो समय विदेशमा रहेर नेपाल फर्किएर केही समय सञ्चारजगतमा जोडिएका रवि लामिछानेले केही समय अगाडि सञ्चारजगतबाट बिदा लिएको जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी नाम राजनीतिक दल दर्ता गरेका छन् ।
आगामी मंसिर ४ को निर्वाचनलाई लक्षित गर्दै रविले देशव्यापी रुपमा गरेको भेलापछि राजधानीमा पहिलोपटक राष्ट्रिय भेला आयोजना गरेका हुन् ।




कागजपत्र |
