बारामा मिटर ब्याजीविरुद्ध ४५ उजुरी


काठमाडाैं – जिल्ला प्रशासन कार्यालय बारामा मिटर ब्याजीविरुद्ध ४५ वटा उजुरी परेका छन् ।

गृहमन्त्रालयले उजुरी दिन सार्वजनिक सूचना आह्वान गरेसँगै जिल्ला प्रशासनमा पीडितहरुले उजुरी दिएका हुन् । जिल्लको नाम चलेका व्यावसायिक बजार क्षेत्र र सिमावर्ती बजारका विभिन्न स्थानबाट मिटर ब्याजका पीडितले जिल्ला प्रशासनमा उजुरी दर्ता गराएका हुन् ।

मन्त्रालयले सूचना जारी गरेसँगै यसअघि मिटर ब्याजीहरुको दवावमा रहेका ऋणीहरुले न्यायका लागि उजुरी दर्ता गराएका हुन् । दर्ता भएका उजुरीमध्ये कलैयाबाट १२, जितपुर सिमराबाट ९, गढीमाइबाट ९, सिम्रौनगढबाट ६, पर्सौनीबाट ४ र बाँकी कोहल्बीलगायतका पालिकाको बजार क्षेत्र रहेका छन् ।
जिल्लाको जितपुर, सिमरा, कलैया, कोहल्बी, बरीयारपुर, सिम्रौनगढलगायतका बजारमा मिटरब्याजीको बढ्दो चलखेल र अबैध कारोबार हुने गरेको यसअघि प्रहरी अनुसन्धानले देखाएको थियो ।

बाराको कलैया, जितपुर, सिमरा, कोहल्बीका नाम चलेका मिटर ब्याजीहरुले तस्करमा लगानी गर्ने गरेका छन् । तस्करी गर्दै गर्दा पक्राउ परेपछि तस्करको घरखेतबाट असुल्ने गरेका उदाहरण जिल्लामा रहेको छ । समाजसास्त्रका अध्येता कृष्ष सिग्देलले राज्य गम्भिर नबने पछि बिल्ीबाढ बनेका त्यस्ता पात्रले मजदुरी नगरी अपराध कर्म थाल्ने हुदा सरकारको पछिल्लो कदम कार्यावन्यन चाँडै हुनुपर्ने बताए ।

छिटै मुनाफाको लोभमा सीमाको तस्करी, पशुहाट बजार, भारतीय कपडाको तस्करी, जग्गा खरीद बिक्री, ढुकुटी, जुवा, नदीजन्य पदार्थलगायतमा मिटर ब्याजमा कारोबार हुने गरेको छ ।

प्रतिक्रिया