इन्डोनेसियामा गयो शक्तिशाली भूकम्प


एजेन्सी – इन्डोनेसियाको बालीमा ५।५ म्याग्निच्युडको भूकम्प गएको छ।

भूकम्पपछि कुटा क्षेत्रका बासिन्दा घरबाहिर निस्किएका थिए। भूकम्पको धक्का कडा महसुस गरिएको थियो।

भूकम्प १ मिनेटसम्म महसुस गरिएको इन्डोनेसियाका सञ्चार माध्यमहरूले जनाएका छन्।

भूकम्पको क्षतिको विवरण भने अझै सार्वजनिक भएको छैन।

प्रतिक्रिया