साझा घोषणापत्रसहित एउटै चिन्हमा चुनाव लड्न प्रचण्ड र डा. भट्टराईबीच सहमति


काठमाडौं – सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच साझा चुनाव चिन्हमा जाने सहमति भएको छ ।

आगामी निर्वाचनका विषयमा छलफलपछि अध्यक्षद्वय ‘प्रचण्ड’ र डा. भट्टराईबीच एउटै निर्वाचन चिन्ह लिएर आगामी चुनावमा जाने सहमति भएको भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले जानकारी दिए ।

नेकपा (माओवादी केन्द्र)काे चुनाव चिन्ह गाेलाकारभित्र हसिँया हथाैडा रहेकाे छ । यही चुनाव चिन्ह लिएर डा. भट्टराईले यसअघिका प्रतिनिधिसभाका दुईवटा चुनाव जिते थिए भने पछिल्ला प्रतिनिधिसभाको निर्वाचनमा आँखा चिन्ह लिएर तेश्राे पटक विजयी बनेका थिए ।

उनले भने, ‘उहाँहरुबीच गठबन्धनमा जाने, एउटै चुनाव चिन्हमा जाने सहमति भएको छ । घोषणापत्र पनि मिलेर बनाउने भन्नेछ ।’ उनका अनुसार भेटवार्तामा माओवादी केन्द्र र नेसपाबीच साझा घोषणापत्रमार्फत् मङ्सिर ४ को प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा जाने सहमति पनि जुटेको छ ।

प्रतिक्रिया