कांग्रेस युवा नेता शाहीले अघि सारे ५०/५० अभियान

आगामी निर्वाचनमा कांग्रेसले  ५० वर्ष उमेरमुनिका युवालाई ५० प्रतिशत टिकट दिन माग


काठमाडौं –  नेपाली कांग्रेसका युवा नेता भूपेन्द्रजंग शाहीले आगामी निर्वाचनमा ५० मुनिकालाई ५० प्रतिशत टिकटको माग गरेका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा शाहीले सरकारद्वारा घोषित मंसिर ४ को पतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ५० मुनिका युवालाई ५० प्रतिशत टिकटको माग गरेका हुन् ।

नेपाली कांग्रेसका युवा नेता शाहीले पार्टीभित्र युवाको आशा, विश्वास र भरोषा बढाउनका लागि उक्त अभियान अगाडि सारेको बताएका छन् ।

नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका महामन्त्री समेत रहेका शाहीले विभिन्न छ कारणहरु दर्शाई आगामी निर्वाचनमा युवालाई प्राथमिकता दिन माग गरेका हुन् ।

उनले पार्टिमा युवाको सहभागिता बढाउन, पार्टिमा परिबर्तनको सन्देश दिन, पार्टिमा युवा मतदाताको आकर्षण बढाउन, राजनितिमा अहिले देखियका चुनैतिलाइ समाधान गर्न, युवाको उर्जा, क्षमाता र जोस जागर लाइ पार्टि र देश निर्माणमा सदुपयोग गर्न र काङ्ग्रेस लाइ बलियो, ससक्त, गतिशील  र निर्वाचनमा बहुमत प्राप्त गर्नका लागि आगामी निर्वाचनमा युवा उम्मेदवारलाई प्राथमिकता दिनुपर्ने माग राखेका हुन् ।

प्रतिक्रिया