
जिल्ला युवा परिषद काभ्रेले गर्याे धनेश्वर मन्दिर सरसफाई
काभ्रे – जिल्ला युवा परिषद काभ्रेपलान्चोकको आयोजनामा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा धनेश्वर मन्दिर परिसर सरसफाइ गरिएको छ । शनिवार पनौती नगरपालिका वडा नम्बर ५ स्थित धनेश्वर मन्दिर परिसर सरसफाइ गरिएको हो ।
अन्तराष्ट्रिय युवा दिवस शुक्रवार रहेको तर त्यस दिन जनै पुर्णिामा र गाइजात्रा परेकोले शनिबार सरसफाइ कार्यक्रम राखेको परिषद काभ्रेपलान्चोकका अध्यक्ष प्रकाश थापाले बताए । युवाहरु पनि सामाजिक काममा अग्रसर छन भन्ने पनि यो कार्यक्रमले देखाउने उनको भनाइ छ । यो सरसफाइ कार्यक्रमलाइ निरन्तर अगाडी बढाउने थापाले बताए ।
धनेश्वर क्षेत्र बिकास समितिका अध्यक्ष गोबिन्द बहादुर थापाले यस्ता कार्यक्रमले युवाहरुको नेतृत्व बिकास हुने बताए । कुलतको दुव्र्यसनीमा फसेका युवाहरुलाइ पनि समेट्न सके झन राम्रो हुने र युवाहरु कुलतबाट मुक्त हुने अवसर प्राप्त हुने बताए । थापाले यस्तो राम्रो कामले निरन्तर्ता पावस भन्दै अन्तर्राष्ट्रिय युवा दिवसको शुभकामना समेत दिएका थिए ।
सोही कार्यक्रममा पनौती वडा न ५ का वडाध्यक्ष बिनोद खत्रीले आफ्नो वडामा रहेको मन्दिरमा सरसफाइ कार्यक्रम राखेर युवा परिषदले राम्रो काम गरेको बताए । उक्त कार्यक्रममा वृक्ष कार्यक्रम पनि जोडि विभिन्न प्रकारका फुलको बिरुवा र धार्मिक कार्यमा महत्व राख्ने चापको बिरुवा पनि मन्दिर परिसरमा रोपेका थिए ।
उक्त सरसफाइ तथा वृक्ष रोपन कार्यक्रममा धनेश्वर बिकास समिती, प्रहरी चौकी पनौती, प्रेस युनियन काभ्रे, प्रेस सेन्टर काभ्रे, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) लगायतको सहकर्य रहेको थियो ।





कागजपत्र |
